Rule 4
साधारण राहदानीको लागि निवेदन दिने
(१) साधारण राहदानी लिन चाहने नेपाली नागरिकले अनुसूची-१ बमोजिमको निकायमा अनुसूची-२ बमोजिमको ढाँचामा दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि वा: राष्ट्रिय परिचयपत्र लिएको भए राष्ट्रिय परिचयपत्रको सक्कल र सोको प्रतिलिपि,
(ख) नाबालकको हकमा नाबालक परिचयपत्रको सक्कल र सोको प्रतिलिपि,
(ग) नागरिकताको प्रमाणपत्र र नाबालक परिचयपत्र जारी गर्ने निकायबाट आधिकारिकता प्रमाणित गरिएको पत्र,
तर राष्ट्रिय परिचयपत्र लागू भई सोको प्रणालीमा राहदानी प्रणाली आवद्ध भएपछि त्यस्तो आधिकारिकता प्रमाणित गरिएको पत्र आवश्यक पर्ने छैन।
(घ) पहिले राहदानी लिएको भए त्यस्तो राहदानी र सोको फोटो पृष्ठको प्रतिलिपि,
(ङ) नागरिकताको प्रमाणपत्र लिएको जिल्ला बाहेक अन्य जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि सिफारिस लिई आउने निवेदकको हकमा बिवाह दर्ता प्रमाणपत्र वा बसाइँ-सराइको प्रमाणपत्रको सक्कल,
(च) बिवाहित महिलाले पतिको थर समेत समावेश गरी राहदानी लिनु पर्ने भएमा बिवाह दर्ताको प्रमाणपत्र तथा पतिको नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि, (छ) अनुसूची-३ बमोजिमको फोटो चार प्रति,.र (ज) अनुसूची “४ बमोजिमको . दस्तुर बुझाएको बैङ्क भौचर वा नगद: बुझाएको प्रमाण ।
(३) कसैको नागरिकताको प्रमाणपत्रमा उल्लिखित नाम, थर बा जन्म मिति र शैक्षिक योग्यतामा उल्लिखित नाम, थर वा जन्म मितिमा सामान्य हिज्जे वा अङ्क फरक पर्न गई शैक्षिक योग्यताको प्रमाणपत्र बमोजिम राहदानी लिनु पर्ने भएमा प्रवेशिका वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र र सोको प्रतिलिपि समेत निवेदनसाथ पेश गर्नु पर्नेछ ।
(४) कसैको: नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्म मिति र ब्रिटिस वा भारतीय सैनिक वा सिँगापुर पुलिसको पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) मा कायम रहेको नाम, थर र जन्म मिति फरक परेको र पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) बमोजिम राहदानी लिनु पर्ने भएमा ब्रिटिस वा भारतीय सैनिक -वा सिँगापुर पुलिसको पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको दुबै नाम, थर र जन्म मिति भएको व्यक्ति एउटै हो भनी प्रमाणित गरेको पत्र समेत निवेदनसाथ पेश गर्नु पर्नेछ ।